एम.वि.एस. प्रथम वर्षको आंशिक र मौका समेत परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७६।०९।२१

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७६।०९।१४ को गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालको एम.वि.एस. प्रथम वर्षको आंशिक र मौका समेतको परीक्षा दिने परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्ष परीक्षा दिई ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका यस क्याम्पसका परीक्षार्थीहरूलाई २०७६ सालमा अन्तिम पटकका लागि मौका परीक्षाको लागि परीक्षा आवेदन फाराम भरी मिति २०७६ साल माघ १४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर उक्त म्याद सकिएको एक हप्ताभित्र मिति २०७६ साल माघ २१ गतेसम्म प्रातः समूहका परीक्षार्थीहरूले विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्ममा शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा आवश्यक परीक्षा शुल्क तिरी बुझाउन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू :

 

१. परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।

२. परीक्षा फाराममा त्रि.वि.रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नु पर्नेछ । परीक्षा फाराममा त्रि.वि.दर्ता फाराममा भरे अनुसार जन्म मिति, बाबुको नाम,थर फरक नपारी उल्लेख गर्नुपर्नेछ । 

३. परीक्षा फाराममा हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । परीक्षा संचालन अवधिसम्म प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 

४. आंशिक परीक्षार्थीहरूले गत वर्ष दिएको सक्कल लब्धांक पत्र रुजु गर्न परीक्षा आवेदनसाथै पेस गर्नु पर्नेछ साथै गत वर्ष दिएको परीक्षाको रोल नं. परीक्षा आवेदन फारामको माथिल्लो भागमा अनिवार्य लेख्नु पर्नेछ ।

५. मौका परीक्षाको लागि नियमित प्रथम वर्षको पहिलो पटक परीक्षा दिएकोे सक्कल लब्धांक पत्रको फोटोकपी परीक्षा आवेदन फाराम साथै अनिवार्य पेश गर्नु पर्नेछ । परीक्षा फाराम रुजु गर्दा अन्तिम पटक अनुतिर्ण भएको सक्कल लब्धांक पत्र अनिवार्य रूपमा पेश गर्नु पर्नेछ । अन्यथा परीक्षा फाराम स्वीकृत गरिने छैन ।

 

               क्याम्पस प्रमुख

Attachments

01/06/2020
SN. Name Download