एम.वि.एस. चौंथो तथा दोश्रो सत्र नियमित परीक्षाको परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७६।०९।२१

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७६।०९।१५ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीमा संचालित एम.वि.एस. कार्यक्रममा २०७४ साल (सन् २०१८) मा भर्ना भएका परीक्षार्थीहरूको चौंथो सत्रको नियमित र सन् २०१८ अघि भर्ना भई चौंथो सत्रको नियमित / मौका परीक्षामा सामेलभै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू समेतको चौंथो सत्रको नियमित परीक्षा साथै २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरूको दोश्रो सत्रको नियमित र सन् २०१९ अघि भर्ना भई दोश्रो सत्रको नियमित परीक्षामा सामेलभै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरू समेतको दोश्रो सत्रको नियमित परीक्षा २०७६ साल फाल्गुन महिनाको चौंथो सातादेखि एकैसाथ दिन विराएर संचालन हुने भएकोले मिति २०७६।१०।२४ गतेभित्र परीक्षा आवेदन फाराम भरी विहान ०७ः०० बजेदेखि १०ः०० बजेभित्र तथा साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा शुल्कसहित बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गराइन्छ ।  

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

 

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।

२) चौंथो सत्रका नियमित परीक्षार्थीहरूको हकमा तेश्रो सत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी र आंशिक परीक्षार्थीहरूको हकमा चौंथो सत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्य रुपमा फारामसंगै संलग्न गर्नुपर्नेछ अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।

३) दोश्रो सत्रका नियमित परीक्षार्थीहरूको हकमा प्रथम सत्रको Grade Sheet को फोटोकपी र आंशिक परीक्षार्थीहरूको हकमा दाश्रो सत्रको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्य रुपमा फारामसंगै संलग्न गर्नुपर्नेछ अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरीने छैन ।

४) परीक्षा फाराममा विषय सच्चाइएको पाईएमा सो परीक्षा फाराम रद्द गरिनेछ र सोको जिम्मेवारी स्वयं विद्यार्थी हुनेछ ।

५) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

  • विलम्ब शुल्क लाग्ने बारे : फाराम भर्ने म्याद सकिएको भोलिपल्टदेखि २ दिनसम्म  प्रति विद्यार्थी प्रतिसत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रतिसत्र रु.१,०००।– विलम्ब शुल्क  रहेको छ ।

 

 

                                                                          क्याम्पस प्रमुख

Attachments

01/06/2020
SN. Name Download