एम.वि.एस. चौंथो सेमेष्टरकोे परीक्षा आवेदन फाराम भर्ने सूचना

२०७६।०२।३०

 

त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाको मिति २०७६।०२।२९ गतेको सूचना अनुसार सेमेष्टर प्रणालीको एम.वि.एस. कार्यक्रममा सन् २०१७ (२०७३ समूह) मा भर्ना भएका विद्यार्थीहरूको चौंथो सेमेष्टरको नियमित परीक्षा २०७६ श्रावण महिनाको पहिलो सातादेखि संचालन हुने भएकोले यस क्याम्पसको एम.वि.एस. चौंथो सेमेष्टरका नियमित परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी मिति २०७६।०३।१५ गतेभित्र विहान ०७ः०० बजेदेखि १०ः०० बजेभित्र तथा साँझ समूहका परीक्षार्थीहरूले साँझ ४ः०० बजेदेखि ५ः०० बजेभित्र शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फी काउण्टरमा आवश्यक परीक्षा दस्तुर सहित बुझाईसक्नुपर्ने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।  

 

परीक्षा फाराम बुझाउँदा ध्यान दिनुपर्ने कुराहरु :

 

१) परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया  पुर्याई  आफैंले बुझाउनुपर्नेछ ।

२) नियमित परीक्षार्थीहरूले तेश्रो सेमेष्टरको नियमित परीक्षाको Grade Sheet को फोटोकपी अनिवार्य रुपमा फारामसंगै संलग्न गर्नुपर्नेछ । अन्यथा उक्त परीक्षार्थीको परीक्षा फाराम स्विकृत गरिने छैन ।

३) परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो टाँस गर्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपि लिनुपरेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै प्रयोग गर्नुपर्नेछ ।

 

  •  पुनश्चः उल्लेखित म्यादसम्ममा परीक्षा फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले फाराम भर्ने म्याद सकिएको भोलिपल्टदेखि २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.२००।–, दोश्रो २ दिनसम्म प्रति विद्यार्थी प्रतिसत्र रु.४००।– र त्यसपछिको २ दिनसम्म अन्तिम पटक प्रति विद्यार्थी प्रतिसत्र रु.१,०००।– विलम्ब शुल्क सहित परीक्षा फाराम बुझाउन सकिने व्यहोरा पनि यसै सूचनाद्वारा सूचित गराइन्छ ।

 

 

                                                                                क्याम्पस प्रमुख

Attachments

06/13/2019
SN. Name Download