एम.वि.एस. चौंथो सेमेष्टरको शैक्षिक भ्रमण सम्बन्धी सूचना

२०७६।०२।२९

 

यस क्याम्पसको एम.वि.एस. तह २०७३ समूह (प्रातः तथा साँझ) चौंथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक अवलोकन/भ्रमणको लागि निवेदनकासाथ प्रस्ताव समेत पेश गरेकोले शैक्षिक अवलोकन/भ्रमण गर्न इच्छुक विद्यार्थीहरूले मिति २०७६ असार ९ गतेभित्र क्याम्पस प्रशासनमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सम्बन्धित सबै विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त शैक्षिक अवलोकन/भ्रमण पश्चात प्रति विद्यार्थी वा ५ जनाको समूह बनाई प्रतिवेदन समेत क्याम्पस प्रशासनमा बुझाउनको लागि अनिवार्य गरिएको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । विद्यार्थीहरूलाई क्याम्पस प्रशासनबाट उक्त भ्रमणका लागि यातायातमा लागेको खर्चमध्ये केही रकम (आंशिक) मात्र उपलब्ध गराइने व्यहोरासमेत सूचित गरिन्छ ।



सहायक क्याम्पस प्रमुख

 

Attachments

06/12/2019
SN. Name Download