एम.वि.एस. दोश्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने वारे सूचना 

२०७५।०५।२६

 

त्रि.वि.प.नि.का. वल्खुद्वारा मिति २०७५।०५।२६ को गोरखापत्रमा प्रकाशित सूचना अनुसार त्रि.वि.को वार्षिक परीक्षा प्रणाली अनुरुप २०७५ सालमा संचालन हुने एम.वि.एस. दोश्रो वर्षको आंशिक परीक्षा दिने यस क्याम्पसका परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी मिति २०७५ साल आश्विन २३ गते सम्ममा प्रातः समूहका परीक्षार्थीहरूले विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म र साँझ समूहका परीक्षार्थीहरूले साँझ ५ः०० बजेदेखि ६ः०० बजेसम्ममा शैक्षिक प्रशासन शाखाबाट रुजु गराई आर्थिक प्रशासन शाखाको फि–काउण्टरमा आवश्यक शुल्क तिरी बुझाउन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
परीक्षा फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरू :

१.    परीक्षा आवेदन फाराम स्वयं परीक्षार्थीले भरी सबै प्रकृया पु¥याई आफैंले बुझाउनुपर्नेछ ।
२.    आंशिक परीक्षार्थीहरूले गतसाल सोही खण्डको परीक्षा दिएको रोल नं. र वर्ष परीक्षा आवेदन फारामको शिरमा वा निर्दिष्ट स्थानमा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ र रुजुको लागि लव्धांक पत्र अनिवार्यरूपमा ल्याउनुपर्नेछ ।
३.    परीक्षा फाराममा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति टास्नु पर्नेछ । प्रवेश पत्र प्रतिलिपी लिनु परेमा परीक्षा आवेदन फाराममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।
४.    परीक्षा फाराममा त्रि.वि.दर्ता नं. उल्लेख गर्नु पर्नेछ । परीक्षा फाराममा त्रि.वि.दर्ता फाराममा भरे अनुसार जन्म मिति, बाबुको नाम,थर फरक नपारी उल्लेख गर्नुपर्नेछ । 
५.    २०७० सालको परीक्षामा प्रथम वर्ष पहिलो पटक सामेल भएका वा फाराम भरेकाहरूको यो अन्तिम पटकको परीक्षा हुनेछ ।

  • पुनश्चः तोकिएको समयमा परीक्षा आवेदन फाराम बुझाउन नसकेका परीक्षार्थीहरूले मिति २०७५ साल कात्र्तिक ११ गते देखि कात्र्तिक १६ गतेसम्म दोब्बर परीक्षा दस्तुर तिरी बुझाउन सकिने व्यहोरा पनि यसै सूचना द्वारा जानकारी गराइन्छ ।


                                          
                                                   क्याम्पस प्रमुख
 

Attachments

09/11/2018
SN. Name Download