Notice Regarding BBA/BIM/BBM Form

२०७४।०५।२८
                                                                                      सूचना
यस क्याम्पसमा शैक्षिक सत्र २०७४ मा BBA/BIM/BBM अध्ययन गर्न चाहने विद्यार्थीहरुले त्रि.वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट लिइएको CMAT परीक्षामा सम्मिलित भई 10+2 मा कम्तीमा प्रथम श्रेणीमा उत्तिर्ण भएका विद्यार्थीहरुबाट मिति २०७४।०६।०१ गते देखि २०७४।०६।०८ गते सम्म आवेदन दिन सूचित गरिन्छ ।
आवेदन साथ निम्न कागजातहरुको फोटोकपी संलग्न गर्नु पर्नेछ ।

1.   10+2 को लब्धाङ्क पत्र/ट्रान्सक्रिप्टको फोटोकपी ।
2.    10+2 को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।
3.     S.L.C को लब्धाङ्क पत्रको फोटोकपी ।
4.    S.L.C को चारित्रिक प्रमाण पत्रको फोटोकपी ।

नेपालका सरकारी तथा सामुदायीक विद्यालयबाट S.L.C तथा 10+2 अध्ययन गरेका विद्यार्थीहरु मध्ये प्रति सेक्सन २ जना लाई ५०% छात्रबृत्ति दिइने व्यवस्था भएकोले त्यस्ता विद्यालयवाट अध्ययन पुरा गरेका, र  छात्रवृत्तिको लागि इच्छुक विद्यार्थीहरुले छात्रबृत्तिको लागि समेत आवेदन दिन सूचित गरिन्छ । साथै त्यस्ता विद्यार्थीहरुले आवेदनको साथ उक्त विद्यालय सरकारी वा सामुदायिक भएको गा.वि.स वा नगरपालिका वा जिल्ला शिक्षा कार्यालयको सिफारिस पेश गर्नु पर्ने छ ।

नोटः उपरोक्त वमोजिमको आवेदन फारम वुझाउने विद्यार्थीहरुको अन्र्तवार्ता २०७४ साल आश्विन ५ गते विहान १०ः०० वजे देखि संचालन हुनेछ । यदि कुनै विद्यार्थी CMATपरीक्षामा अनुतीर्ण भएमा भर्ना प्रकियावाट स्वत वाहिरिएको मानिने छ ।

अच्युत राज भट्टराई
निर्देशक