आपूर्ति मर्मत तथा सेवाहरु

१. स्टेशनरी (मसलन्द) तथा टोनर कार्टेजका सामाको आपूर्ति ।

२. छपाई तथा मुद्रण सम्बन्धि कार्य ।

३. विजुलीका सामान आपूर्ति तथा मर्मत सम्बन्धि कार्य ।

४. प्लम्विङ्गका सामान आपूर्ति तथा मर्मत सम्बन्धि कार्य ।

५. स्टिल र फर्निचर तथा फर्निसिङ्गका सामान आपूर्ति तथा मर्मत सम्बन्धि कार्य ।

६. सरसफाइका सामान आपूर्ती तथा सेवा सम्बन्धि कार्य ।

७. विज्ञापन तथा सूचना प्रसारण ।

८. मिनरल वाटर, जार तथा सो सँग सम्बन्धित सामान आपूर्ति ।

९. खेलकुदका सामानहरुको आपूर्ति ।

१०. बस, जिप, कार, मोटरसाइकल तथा स्पेयर पार्टसको आपूर्ति तथा जडान मर्मत ।

११. इलेक्ट्रोनिक्स सामान एवम् सो सँग सम्बन्धित स्पेयर पार्टसको आपूर्ति तथा जडान मर्मत ।

१२. कम्प्यूटर, यू.पि.एस., प्रिन्टर, क्यामेरा, फोटोकपि, मल्टिमिडिया प्रोजेक्टर, एयर कण्डिसनर, सोलार, हिटर आपूर्ति ।

१३. सोलर हिटर, यूरोगार्ड फिल्टर आदिको आपूर्ति तथा जडान तथा मर्मत कार्य ।

१४. विद्युतका जेनेरेटेर, ट्रान्सफर्मर आपूर्ति तथा मर्मत जडान ।

१५. सुरक्षाकमी सम्बन्धि आपूर्ति गर्ने कार्य ( चौकिदार, सरसफाईकर्मी, पियन आदि ) ।

१६. ग्रिल तथा फलामको कार्य तथा आल्मोनियम पार्टेशन सम्बन्धि कार्य गर्ने ।

१७. रंग रोगनका सामानहरु आपूर्ति तथा रंगरोगन लगाउने कार्य गर्ने ।

१८.  परामर्श सेवा

       क) भवन निर्माण देखि डिप वोरिङ्ग, पाईप लाईन विस्तार, ढल जस्ता कार्यको सम्भाव्यता अध्ययन ।

       ख) निर्माण कार्यको ड्रइङ्ग, डिजाईन, नाप नक्सा, टेण्डर कार्य सम्भाव्यता अध्ययन ।

१९.  अन्य

सूची दर्ताका लागि आवश्यक शर्तहरु
१.  विषयवस्तु स्पष्ट नखुलेको, काम सँग असम्बन्धित फर्म सूचीकृत गरिने छैन ।
२.  विवरणको यर्थाथता, क्षमता र अनुभव तथा दक्ष ठहरिएका फर्म तथा कम्पनीलाई मात्र सूचीकृत गरिनेछ ।                
३. सूचीकृत फर्म/सेवा प्रदायक/संस्था बाट आवश्यकता अनुसारको सामान खरिद तथा अन्य सेवा प्राप्त गर्नका लागि जानकारी गराइनेछ । 
४. एकभन्दा बढी विषयवस्तुको आपूर्ति, मर्मत तथा सेवा दिन चाहाने व्यक्ति/ फर्मले निवेदनमा उल्लेख गर्नुपर्नेछ र आपूर्ति, मर्मत तथा सेवाका सम्पूर्ण विषयवस्तुका लागिचाहिने आवश्यक योग्यता स्पष्ट हुनुपर्नेछ । साथै एउटा फर्मले बढीमा दुइवटा विषयवस्तु भन्दा         बढीमा सूची दर्ताका लागि निवेदन दिन पाउने छैन । यदि दुईवटा भन्दा वढीमा सूची दर्ता गर्नु छ भने अर्को निवेदन दिनुपर्ने छ ।
५.  सूचिमा समावेश गरिएका व्यक्ति/ फर्महरुलाई सूचिकृत भएको सम्बन्धमा लिखित जानाकारी गराइनेछ ।
६.  सूचीमा दर्ता भएका व्यक्ति/ फर्मबाट सन्तोषजनक सेवा उपलब्ध नभएमा सूचीबाट हटाइएको सूचना लिखित जानाकारी गराइनेछ ।
७.  सूचीमा दर्ता गर्ने÷ नगर्ने वा हटाउने सम्पूर्ण अधिकार क्याम्पसमा सुरक्षित रहनेछ ।
८.  आ.व. २०७६।०७७ का लागि सूची दर्ता गरिएको भएतापनि क्याम्पस अनुकुलतालाई हेरी उक्त अवधि थपघट गर्न सकिनेछ ।
 

 

 

क्याम्पस प्रमुख