२०७५।१०।१८

                                                                                                    

यस क्याम्पसको वि.वि.एस. तहमा प्राध्यापनरत शिक्षक श्री मनोज भट्टराईको मिति २०७५।१०।१२ गते भएको असामयिक निधनले यस क्याम्पसलाई अपुरणीय क्षति पुगेको छ । यस दुःखद् घडिमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदनाकासाथ स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै मिति २०७५।१०।२० गते आइतबारका दिन यस क्याम्पसमा संचालित वि.वि.एस. तथा एम.वि.एस. तहका सम्पूर्ण कक्षाहरुको पठन पाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

 
क्याम्पस प्रमुख