पूर्व विद्यार्थीहरुका लागि सूचना

नेपालमा वाणिज्य/व्यवस्थापन शिक्षाको विकास तथा प्रवद्र्धनमा शंकर देव क्याम्पसको अग्रणी भूमिका रहेको तथ्य सर्वविदितै छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको एक अग्रणी क्याम्पसको रुपमा रहेको यस शंकर देव क्याम्पसमा B.B.S., M.B.S., B.B.A., B.I.M, B.B.M. तथा M.B.S. जस्ता शैक्षिक कार्यक्रमहरु संचालन भएको व्यहोरा अवगत नै छ । वार्षिक ८००० (आठ हजार) को हाराहारीमा भर्ना भई अध्ययनरत रहेका र  यस क्याम्पसबाट उत्पादित जनशक्ति पूर्व मेची देखि पश्चिम महाकाली र विदेशमा समेत रहेर देश  विकासको निम्ति विभिन्न क्षेत्र तथा तहमा काम गरिसकेका र गरिरहेका छन् । यस क्याम्पसमा अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा रहेका सम्पूर्ण इच्छुक पूर्व विद्यार्थीहरुलाई सहभागी गराई व्वस्थापन शिक्षाको उन्नयनका लागि शंकर देव क्याम्पस पूर्व विद्यार्थी संघ ९ब्mिगलष्० गठन गर्ने उद्धेश्य रहेकोले निम्न मिति, समय र स्थानमा भेलाको आयोजना गरिएको सहर्ष जानाकारी गराउँदै यसै सूचनालाई आधार मानी यहाँहरुको गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछु ।

मितिः २०७५।०६।२० गते शनिवार           
समयः विहान ठीक ८ः०० बजे
स्थानः शंकर देव क्याम्पस, पुतलीसडक ।
                                                                                             क्याम्पस प्रमुख