२०७४।०३।२५

अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत डीनको कार्यालयको आयोजना र यस क्याम्पसको संयोजकत्वमा मिति २०७४।०३।१६ गते नेपाल चेम्बर अफ कमर्श, जमल, काठमाण्डौंमा सेमेष्टर प्रणालीबारे संचालित एक दिने कार्यशाला गोष्ठीमा उठेका प्रश्नहरूको जवाफमा व्यवस्थापन संकायका डीनज्यूको अभिव्यक्तिबाट यस क्याम्पसमा कार्यरत स्थायी तथा करारमा रहेका प्राध्यापकहरूको साप्ताहिक कक्षाभार सम्बन्धमा प्रष्ट्याउन आवश्यक भएको र त्रिभुवन विश्वविद्यालयबाट खटिएका आर्थिक लेखा परिक्षकहरू र नेपाल सरकार महालेखा परिक्षण कार्यालयबाट खटिएका परिक्षकहरूले उठाएका प्रश्नहरूको छलफल गर्न अत्यन्तै आवश्यक देखिएकोले यस क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण स्थायी तथा करारमा रहेका प्राध्यापकहरूको अत्यन्तै जरुरी बैठक बस्नुपर्ने भएकोले उक्त बैठकमा निम्नानुसारको मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दे यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०७४।०३।२६ गते सोमबार
समयः दिनको ठीक २:०० बजे
स्थानः शंकर देव क्याम्पस

क्याम्पस प्रमुख