सूची दर्ता गर्ने बारे सूचना 
                   (प्रकाशन मिति २०७४/३/११)
    यस क्याम्पसलाई २०७४/०७५ को लागि आवश्यक पर्ने www.shankerdevcampus.edu.np मा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्वीकृती प्राप्त गरेको इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सूची दर्ता गराउनु पर्ने भएकोले आफूले आपूर्ति/प्रवाह गर्ने सामान एंव सेवाहरुको विवरण, फर्म/कम्पनी दर्ता प्रमाणपत्र, भ्याटमा दर्ता भएको प्रमाणपत्र आ.व. २०७२/०७३ को कर चुक्ताको प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहितको आवेदन २०७४।३।२५  गते भित्र यस क्याम्पसको सामान्य प्रशासन विभागमा दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्य जानकारीको लागी क्याम्पस प्रशासनमा सम्पर्क गर्नु होला ।


आपूर्ति गर्नुपर्ने सामानहरु त्था उपलब्ध गराउनु पर्ने सेवाहरु
(क) समूह : छपाई तथा मसलन्द
     -छपाई सम्बन्धि कार्य
    -मसलन्द (स्टेशनरी) सामान आपूर्ति, ID Card तथा अन्य
    -ग्लोबोर्ड, होर्डिङ्ग बोर्ड आदि आपूर्ति
    -Printer, Photocopier र फ्याक्सको कार्टेज, टोनर आपूर्ति ।
(ख) समूहः कार्यालय उपकरण, कम्प्यूटर, IT Accessories  फर्निचर तथा मर्मत आदि
- Computer, Laptop, Multi Media,  अफिस उपकरण, प्रिन्टर, फोटोकपी,       
  प्रोजेक्टर, जेनेरेटर आपूर्ति तथा मर्मत सम्भार (AMC)समेतका कार्य ।
- CCTV/ with DVR/ EPABX/ Telephone Sets सम्बन्धि सामानहरु आपूर्ति तथा मर्मत सम्भार (AMC) समेतका कार्य ।
- UPS, Server, Router, Access Control, Time Attendance Device, Work 
  Accessories  आदिको आपूर्ति तथा मर्मत सम्भार (AMC) समेतका कार्य ।
- मेटल तथा काठका फर्निचर (फाइलिङ्ग क्याविनेट, मेच, फाइलिङ्ग क्याविनेट आदि) आपूर्ति 
  तथा मर्मत सम्भार (AMC) समेतका कार्य ।
- Interior, Furnishing and Furniture आदिको लागि परामर्शदाता तथा ठेकेदाहरु ।

- इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरुको आपूर्ति तथा मर्मत सम्भार (AMC)   समेतका कार्य ।
(ग) समूहः कार्यालय सामाग्री
-    पिउने पानी (Mineral Water Jar)तथा ट्याङ्करबाट पानी सम्लाई गर्ने,
-    Kitchen Utensils Items,
-    Sanitary Supplies,

-      Distilled Water
-    प्लम्बिङ्ग र अफिस सरसफाई सम्बन्धि कार्य ,
-    पुस्तक खरिद,
-    निर्माण तथा ममर्त सम्बन्धि कार्य तथा परामर्श दाता,
-    खेलकुद सामाग्री,
-    सवारी साधन खरिद तथा मर्मत ।
(घ) समूह : अन्य
-    Catering
-    Advertising Agency  तथा प्रबद्र्धनात्मक कार्य (Promotional        Activities)
-    Travel Agency Service
-    फुलहरु तथा अफिस सजावट सम्बन्धि कार्य
-    Security Service Provider
-    Seminar Hall and Fooding
-    Campus Uniform
अन्य जानकारीहरु 
- सूचिकृत हुन निवेदन दिनेहरु मध्येबाट योग्य ठहरिएका बिक्रेता फर्म तथा 
   कम्पनीहरुलाई मात्र सूचिकृत गरिनेछ । त्यसरी सूचिकृत गर्दा पेश हुन    आएको विवरण,  क्षमता, अनुभव तथा दक्षतालाई आधार मानी गरिनेछ ।
-  सुचिकृत दर्ताको समयमा आवश्यक सम्पूर्ण काजगात, अनुभवको  प्रमाणपत्रको प्रतिलिपी तथा  अन्य कागजात पेश गर्नु पर्नेछ ।
- सूचिकृत भएका विक्रेता, फर्महरुबाट यस क्याम्पसको आवश्यकता अनुसारको  सामान खरिद गर्ने  तथा सेवा प्राप्त गर्न सो काममा कोटेशन घटाघट वा  बोलकबोलबाट भाग लिन अनुरोध  गरिनेछ।
- सूचिकृतमा पर्ने फर्महरुलाई सूचिकृत भएको जानकारी पत्र/इमेल मार्फत गराइनेछ र वार्षिक  सम्झौता समेत गर्न सक्नेछ ।
- सूचिकृत भएका कम्पनी तथा फर्महरुले सन्तोषजनक सेवा तथा समयमा सामान सप्लाई नगरेको खण्डमा सूचिबाट विना सूचना नाम हटाउन सकिनेछ । यस उपर कुनै दावी विरोध गर्न  पाइने छैन । सूचिकृत गर्ने वा नगर्ने अधिकार सम्पूर्ण यस क्याम्पसमा नै निहित रहनेछ ।
- क्षेत्रिय तहका आपूर्तिकर्ताले पनि सूचिकृत गर्न पाइनेछ ।
- यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस क्याम्पसको सामान्य प्रशासनबाट जानकारी प्राप्त गर्न सकिनेछ ।